गृहमन्त्री लेखकले सिद्धार्थ राजमार्गमा पर्ने निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको निरीक्षण गरे

NAVJEEVAN

गृहमन्त्री रमेश लेखकले सिद्धार्थ राजमार्गमा पर्ने निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको निरीक्षण गरेका छन् ।

बुधबार रुपन्देहीबाट पाल्पा जाने क्रममा गृहमन्त्री लेखकले निर्माणधिन सुरुङमार्गको निरीक्षण गरेका हुन् ।

सिद्धबाबा सुरुङमार्गको निरीक्षण गर्दै गृहमन्त्री लेखकले यस आयोजना बनेपछि मुलुक सुरुङ युगमा प्रवेश गर्ने बताए ।

हाइड्रोतर्फ धेरै नै टनेलहरू बनाइएको भए पनि सडक तर्फ नागढुंगा सुरुङ र सिद्धबाबा सुरुङ निर्माण भएकाले यी सुरुङ मार्गहरूको निर्माणले नेपालको सडक क्षेत्रमा सुरुङ युगमा प्रवेश गर्ने उनको भनाइ थियो । सिद्धबाबा सुरुङमार्ग तोकिएकै समयमा सम्पन्न गर्न उनले आग्रह समेत गरे ।

Loading...