कुटपिट र अपमान सहन नसकी युवकको आत्महत्या

धनगढी।कञ्चनपुरको वेदकोट नगरपालिका-४ बैतडाका २५ वर्षीय नरेश धानुकले कुटपिट र सामाजिक अपमान सहन नसकी आत्महत्या गरेका छन्।

NAVJEEVAN

धानुकले आत्महत्या गर्नुअघि फेसबुकमा लाइभ गर्दै आफूलाई ‘जेनजी’ भन्दै निर्वस्त्र पारेर कुटपिट गरिएको र सामाजिक अपमानकै कारण ज्यान दिने निर्णय गरेको बताएका थिए। उनले केही व्यक्तिलाई आफ्नो मृत्युका जिम्मेवार ठहरसमेत गरेका छन्।

शुक्रबार राति उनलाई जबर्जस्ती मदिरा सेवन गराई निर्वस्त्र पारेर कुटपिट गर्दै गाउँभर दौडाइएको स्थानीयले बताएका छन्।

पीडित परिवारले शव नउठाउने चेतावनी दिँदै मृतकका छोराछोरीको जिम्मेवारी स्थानीय तह वा घटनामा संलग्न व्यक्तिले लिनुपर्ने माग गरेका छन्।

Loading...