तराईका जिल्तालामा तपक्रम बढ्यो, ‘लु’ चल्न थालेको मौसम विभागको घोषणा

तराईका जिल्तालामा तपक्रम बढ्यो, ‘लु’ चल्न थालेको मौसम विभागको घोषणा गरेको छ । सबैभन्दा बढी कैलाली र कञ्चनपुरको तापक्रम बढेको हो। तराइका जिल्लामा पछिल्लो एक सातायता तातो हावा चल्न थालेको छ।

वर्षा नहुँदा र वनजंगलमा डढेलो बढेसँगै तातो हावा चल्न थालेको हो। आइतबार धनगढीमा अधिकतम ३८ दशमलव ५ डिग्री सेल्सियस मापन भयो भने शनिबार ४१ दशमलव २ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो।

तराइमा केही दिनदेखि तापक्रम बढेको हो। आइतबार केही घटे पनि सोमबारबाट फेरि बढेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बताए। मौसम विभागले तराइमा तातो हावाको लहर चल्न थालेको घोषणा गरेको छ। सामान्यतया लगातार तीन दिनभन्दा धेरै समयसम्म असामान्य रूपमा तापक्रम बढ्दा ‘लु’ चल्न सुरु हुने मौसमविद् झाले बताए।

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकाले सोबाट बच्न आग्रह गरिएको छ। तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र तथा चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह लिने गर्नुपर्छ।

Loading...