माधव नेपाल भन्छन्– सत्ता गठबन्धन आ-आफनो तालमा, कति दिन टिक्ने हो !

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र र संघीयताको रक्षा गर्नका लागि आफूहरुको गठबन्धन बनेको दाबी गरेका छन्। शुक्रबार सत्तारुढ गठबन्धनले पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सोमवार ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै नेपालले वर्तमान सत्ता गठबन्धन लामो समयसम्म जानेमा शंका व्यक्त गरे।नेपालको राजनीति जटिल रहेको बताउँदै उनले भने, ‘छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ ।’

गठबन्धनको भविष्यमा उठेको प्रश्नको उत्तर आफूसँग नभएको बताउँदै नेता नेपालले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने बताए । आफूहरु कसैको दास नभएको टिप्पणी गर्दै उनले अहिलेको राजनीतिक परिस्थिति सहज नलागेको बताए । उनले भने, ‘सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौंँ ।

कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौँ, समाजमा जन्मिएका होइनौँ, राजनीतिमा लागेका होइनाँै । कसैको दास बन्ने हाम्रो नियत होइनौ।

‘अर्को गठबन्धनलाई संघीयता पचेको छैन। त्यसलाई गणतन्त्र पनि पचिरहेको छैन। त्यसलाई जनतालाई दिइएको अधिकार र लोकतन्त्र पनि पचिरहेको छैन,’ उनले भने, ‘हाम्रो यो गठबन्धन स्वभाविक हो र पवित्र उद्देश्यका लागि बनेको हो। अर्को गठबन्धनले प्रतिगामीसँग साँठगाँठ गरिरहेको छ।’

Loading...