सरकारले ६ सय ७८ जना गर्भवती तथा सुत्केरीको निशुल्क हवाई उद्धार गर्यो

काठमाडौं । ५ वर्षको अवधिमा ६ सय ७८ जना गर्भवती तथा सुत्केरी महिलाको निशुल्क हवाई उद्धार गर्न, नेपाल सरकार सफल भएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म सो संख्यामा रहेका दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको निःशुल्क उद्धार गरी उपचारको व्यवस्था मिलाएको “महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ।

NAVJEEVAN

आर्थिक वर्ष २०७५/०७६ बाट यो कार्यक्रम लागू गरिएको थियो । चालु आर्थिक वर्षमा मात्रै १ सय २६ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको शर्माले बताइन् । उनका अनुसार दुर्गम क्षेत्रका नजिकको स्वास्थ्य संस्थाले दिएको सिफारिसलाई आधारमा इकाईले उद्धार गर्दै आएको छ ।‘कुनैपनि जटिल केसहरु देखियो, भनेजस्तो त्यहाँ उपचार हुन नसक्ने जनशक्तिको कारण, उपकरणको कारण अथवा त्यहाँबाट जिल्ला अस्पताल लैजाने अवस्था पनि सडक यातायातको कारण गाह्रो छ भने त्यहाँबाट उहाँहरुले रिफर गर्नुहुन्छ’, शर्माले भनिन् ।

सरकारले सो कार्यक्रम दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि–२०७७ अनुसार सञ्चालन गरिरहेको छ । इकाईले पीडितलाई तत्काल उद्धार गर्नका लागि ९८५१२५५२५४ को निःशुल्क हटलाइन सेवा पनि उपलब्ध गराएको छ । सोही हटलाइनमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आधिकारिक जानकारी दिएपछि पीडितलाई निःशुल्क हवाई उद्धार गर्ने काम तत्काल हुने व्यवस्था मिलाइएको पनि शर्माले बताइन् ।

सो सेवा लिएकाहरूलाई सरकारले यातायात खर्चबापत प्रतिव्यक्ति २० हजार रुपैयाँ पनि उपलब्ध गराउने गर्दछ ।राष्ट्रपति महिला उत्थान समन्वय इकाईले जनाएको छ ।

Loading...