सहकारी ठगीमा गृहमन्त्री संलग्न रहेको प्रमाणसहित सदनमा उपस्थित हुदै-कांग्रेस

धनगढी,९वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब बस्ने प्रतिनिधिसभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा प्रमाणसहित आफूहरु उपस्थित हुने बताएका छन् । इलाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले कांग्रेस सरकारबाट हटेपछि सहकारी ठगी प्रकरणको अनुसन्धान रोकिएको बताए ।

रास्वपाको सभापति रवि लामिछाने दोषी हो भन्न मिल्दैन । अनि संसदमा उभिएर प्रधानमन्त्रीले उहाँ निर्दोष हुनुहुन्छ भन्न पाउनुहुन्न । हामी राजनीतिक मान्छेले आशंका गर्न पाउँछौं, फैसला गर्ने छानबिन समितिले हो । संसदीय छानबिन समिति बनाऔं, निर्दोष हुनुहुन्छ माला लगाएर सम्मान गरौं, दोषी देखिए कानूनबमोजिम कारबाही होला, हामीले भनेको यतिमात्रै हो । “शर्माले भने ”

हामी सरकारमा हुँदा गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानबिन गर्न निर्देशन दिनुभएको थियो । कास्की प्रहरीले छानबिन थालेको थियो । तर, अहिले यो सरकार आएपछि छानबिनको प्रक्रिया रोकियो । उहाँको प्रहरी प्रमुख डीएसपीले छानबिन गरेको कोहीमाथि मुद्दा छ, त्यही डीएसपीको हाकिम त्यो मान्छे भएपछि प्रभावित हुन्छ । भन्दै माहामंत्री विश्वप्रकाश शर्माले आक्रोश व्यक्त गरेका छन् ।

 

Loading...