एमाले परिषद् बैठक : ६ समूहमा छलफल जारी

वैशाख ९,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल सुरू भएको छ ।

प्रतिवेदनमाथि छलफल गर्न ६ वटा समूह बनाइएको छ । ललितपुरको गोदावारीस्थित सनराइज हलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको सांगठानिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमाथि छलफल सुरू भएको हो ।

पार्टीका केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले समूहगत छलफलका साथै व्यक्तिगत र लिखित रूपमा थप विचार/सुझाव दिन चाहने प्रतिनिधिका लागि ‘लोकतान्त्रिक भित्तो’ को व्यवस्था गरिएको जानकारी दिए ।

‘विभिन्न समूह र लोकतान्त्रिक भित्तो गरी दुवै माध्यममा आमरूपमा लोकतान्त्रिक विधिबाट प्रतिवेदनहरूमाथि उत्साहजनकरूपमा छलफल भइरहेको छ’, नेता गौतमले बताए ।

हिजोदेखि जारी बैठकमा २४५४ प्रतिनिधि सहभागी छन् ।

Loading...