बजेट अभाव धनगढी–दीपायल द्रुतमार्गको लागी

वैशाख ६,धनगढी :धनगढी–दीपायल द्रुतमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा विनियोजन गरिएको २५ करोड खर्च भएको हो।

निर्माण कम्पनीहरूले २ करोड भुक्तानी पाउन बाँकी छ। धनगढी–दीपायल–चैनपुर–उरैभञ्ज्याङ सडक निर्माणका लागि बजेट अभाव भएको छ।

कैलालीमा १३ किलोमिटर सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ। धनगढी–दीपायल–चैनपुर–उरैभञ्ज्याङ सडकको जम्मा लम्बाइ एक सय ८६ किलोमिटर छ। धनगढी–दीपायल क्षेत्रमा ३५ किलोमिटर कालोपत्रको काम जारी छ।

धनगढीको हसनपुरदेखि स्याउलेसम्मको सडक कालोपत्रको काम सकिएको छ। स्याउले हाटखोली क्षेत्रमा कालोपत्रको काम जारी छ। १३ दशमलव चार किलोमिटर सडकको काम वैशाख महिनाभित्र पूरा हुँदैछ। हाटखोली क्षेत्रको सात किलोमिटर कालोपत्रको कामसमेत जारी छ। हाटखोली क्षेत्रमा ग्राभेल निर्माणको काम हुँदैछ। हाटखोली क्षेत्रको सात किलोमिटर सडक निर्माणका लागि असारसम्मको समय सिमा छ। हाटखोलीदेखि विपिनगरसम्मको सडक ग्राभेलको भने पूरा भएको छ। उनले भने, ‘१० किलोमिटर कालोपत्रको लक्ष्य थियो। सकिएको छ। २५ करोड बजेट थियो। सबै सकिएको छ। बजेटको अभाव रहेको छ।’

धनगढीको हसनपुरदेखि बझाङको थलारासम्मको एक सय ८६ किलोमिटर सडकमा २० प्रतिशत काम मात्र भएको छ। बाँकी सडक निर्माणका लागि ठेक्का सम्झौता गर्न पनि बजेटको अभाव देखिएको छ।

Loading...