लुम्बिनी, मधेस र बागमतीमा पनि खतराको घन्टी बज्यो माधव नेपाल

३ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सेतोपाटीसँग कुराकानी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति कार्यान्वयन नगरेको बताए।

‘उहाँहरूले सुदूरपश्चिममा आलोपालो मुख्यमन्त्री अन्तर्गत् सुरूमा समाजवादीलाई दिने सहमति गर्नुभएको थियो,’ नेपालले भने,‘रञ्जिताजीलाई पनि त्यही भन्नुभएको रहेछ। रञ्जितालाई मनाउन सक्नुभएन। हाम्रा साथीहरूले सकेको गरे।’

कांग्रेस र समाजवादीको समर्थनमा सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। उनी नागरिक उन्मुक्ति पार्टीमा संरक्षक रेशम चौधरी पक्षका हुन्।

उनले सुदूरपश्चिममा भएको राजनीतिक घटनाक्रममले आफूलाई खुसी लागेको बताए। सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेससहितको गठबन्धनलाई समर्थन गरेको छ।

अध्यक्ष नेपालले सुदूरपश्चिमकोजस्तै घटना बागमती, मधेस र लुम्बिनी प्रदेशमा पनि हुन सक्ने बताए।

‘मधेस, बागमती र लुम्बिनी प्रदेशमा पनि अब खतराको घन्टी बज्यो,’ अध्यक्ष नेपालले भने।

Loading...