बैशाखमा अनेरास्ववियु कैलालीको अधिवेशन हुने

NAVJEEVAN

३० चैत, धनगढी अनेरास्ववियुको जिल्ला अधिवेशन आगामी बैशाख २८ र २९ गते हुने भएको हो। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कैलालीको अधिवेशन बैशाखमा हुने भएको छ।

बिहीबार बसेको अनेरास्ववियु कैलाली जिल्ला आयोजक कमिटीको निर्णयअनुसार अधिवेशन कैलालीको घोडाघोडी नगरपालिकास्थित सुखडमा हुने छ। अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने प्रचार प्रसार समितिका संयोजक तथा कैलाली जिल्ला सह–संयोजक नितिश जोशीले बताए।

Loading...