सुदूरपश्चिमको मुख्यमन्त्री नाउपाबाट् कैलाश चौधरी बन्दै

३० चैत,धनगढीः सुदूरपश्चिम प्रदेशको आगामी नेतृत्व नागरिक उन्मुक्ति पार्टीले गर्ने भएको छ। प्रदेश सरकारको आगामी नेतृत्व आफ्नो पार्टीले गर्ने सहमति भएको अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी हुन्।

आफ्नै दलको नेताले प्रदेश सरकारको नेतृत्व लिने गरी केन्द्रमा सहमति भएको उनले बताएकी हुन्। नयाँ सरकारको नेतृत्व मुख्यमन्त्रीका रूपमा कैलाश चौधरीले गर्ने भएका हुन्। त्यसबाहेक नागरिक उन्मुक्तिले थप एक मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको दाबी छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसहित बसेको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्तिलाई दिने सहमति भएको दाबी छ।

पार्टीमा केही समय देखिएको मतभेद पनि टुंगिसकेको नेताहरुको दाबी छ। सुदूरपश्चिमका हाम्रा प्रदेश सांसदहरू सबै एकै ठाउँ बसेर पार्टी एक ढिक्का भएको सन्देश दिइसक्नुभएको पार्टी अध्यक्ष रञ्जिताको तर्क छ। नेपाली कांग्रेस नेतृत्वको सरकार ढलेपछि अब बन्ने सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्न नागरिक उन्मुक्ति पार्टीले गृहकार्य थालेको हो ।

Loading...