२९ चैत, पाेखरा । गण्डकीमा मुख्यमन्त्रीले ७ बाट बढाएर ९ मन्त्रालय बनाउने निर्णय गरेका छन् । मंगलबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय छुट्टै बनाउने निर्णय गरेकाे सरकारका प्रवक्ता तथा विना विभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।
यसअघि २०७९ पुस २५ गते मुख्यमन्त्री हुँदा खगराजले नै १२ बाट ७ मन्त्रालय बनाउने निर्णय गरेका थिए । यसपटक सत्ता संकटमा पर्ने देखिएपछि फेरि ९ मन्त्रालय बनाउने निर्णय गरेका हुन् । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय र आन्तरिक मन्त्रालय बेग्लै बनाउने निर्णय भएकाे चुमानले जानकारी दिए ।
गण्डकीमा सभामुखलाई समेत प्रयाेग गरेर एमालेका २२, माओवादीका ८ र दीपक मनाङेसहित दाबी पेश गरेका थिए । प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री खगराज अधिकारीलाई २५ गते नियुक्त गरेका थिए ।
२ सदस्य रहेकाे राप्रपा अनिर्णित हुँदा २७ सदस्य रहेकाे कांग्रेसका सुरेन्द्रराजले २१ गते राजीनामा दिएर ठूलाे दलकाे हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति लिएका थिए । तर पाण्डेलाई राेक्दै मनाङे र सभामुखकाे सहित साथ लिएर एमाले-माओवादीले दाबी पेश गर्दा प्रदेश प्रमुखबाट अधिकारी नियुक्त भएका थिए ।