धनगढीमा ट्याक्टर दुर्घटना एकको मृत्यु, ११ घाइते

धनगढी: धनगढीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ। धनगढी-१२ जुगेडा “बी” गाउँमा ट्याक्टर दुर्घटना हुँदा ११ जना घाइते भएका हुन्।

सुदूरपश्चिम प्रुदेश ००२ त ५८५२ नम्बरको ट्याक्टर दुर्घटनामा परेर ट्याक्टरमा सवार अन्दाजी ३० वर्षका गोविन्द रानाको देहान्त भएको छ भने बाँकी ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी लोकेन्द्र कार्कीले बताए।

घाइतेहरूको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

Loading...