राष्ट्रियसभा उपाध्यक्षमा एमालेले घिमिरेलाई उम्मेदवार बनाउदै

२१ चैत, काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने भएको छ ।

राष्ट्रियसभा दल नेता देवेन्द्र दाहालका अनुसार पार्टीले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । ‘सत्ता गठबन्धनमा हामीले पाउने सहमति भइसकेको थियो’, उनले भने, ‘त्यसअनुसार हामीले उम्मेदवार टुंगो लगाएका हौं ।’

सत्तारुढ चार दल एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाबीच भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने उल्लेख थियो ।

राष्ट्रयसभा उपाध्यक्षका लागि २८ चैतमा निर्वाचन हुनेछ ।

Loading...