ताइवानमा २५ वर्षपछि शक्तिशाली भूकम्प, चार जनाको मृत्यु ५० जना बढी घाइते

२१ चैत, काठमाडौं । ताइवानमा भूकम्पबाट केही भवनहरु भत्किएका छन् । प्रारम्भिक रिपोर्टअनुसार भूकम्पमा परी ४ जनाको मृत्यु भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ भने ५० हजार जना घाइते भएका छन् ।

सामाजिक सन्जालहरुमा सेयर गरिएका फोटो र भिडियोहरुमा बहुतले बिल्डिङहरु भत्किएको र पहाडी इलाकामा पहिरो गएको देखिन्छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले पनि तिनै फोटो र भिडियोहरुलाई प्रयोग गरी प्राथमिकताका साथ सामाचार प्रकाशित गरेका छन् ।

ताइवानको पूर्वी तटीय ह्वालियन सिटीबाट १८ किलोमिटर दक्षिणमा केन्द्रबिन्दु बनाएर आज बिहान ७.८ म्याग्नेच्युडको भूकम्प गएको थियो।

भूकम्पले त्यहाँका ठूलाठूला भवनहरूमा क्षति पुगेको तस्बिरहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन्।

यसलाई ताइवानमा २५ वर्षयताकै ठूलो भूकम्प भनिएको छ।

Loading...