धनगढी । सुदुरपश्चिम प्रदेशमा औषधि तथा स्वास्थ्य सामाग्री भण्डारण भवनको शनिबार शिलान्यास गरीएको छ ।
कैलालीको गोदावरी नगरपालिका १ बिजौरामा उक्त औषधि तथा स्वास्थ्य सामाग्री भण्डारण भवनको शिलान्यास सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गरेका हुन् ।
ग्लोबल फन्ड अन्र्तगत सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा औषधि तथा स्वास्थ्य सामाग्री भण्डारण भवनको निर्माण भईरहको प्रदेश स्वास्थ्य आपुर्ति ब्यबस्थापन केन्द्रले जनाएको छ ।
हाई टेक डेभलपर्सले रु ३ करोड २४ लाख लागतमा निर्माण भईरहेको औषधि तथा स्वास्थ्य सामाग्री भण्डारण भवनको २०८१ असार ३१ सम्म निर्माण कार्य सम्पन्न गर्नेछ ।
सुदूरपश्चिममा आपुर्ति हुने औषधि तथा स्वास्थ्य सामाग्री भण्डारण भवन निर्माणको लागि कैलालीस्थित गोदावरी नगरपालिकाले ७ कट्ठा जग्गा प्रदान गरेको थियो ।
शनिबार गरीएको शिलान्यासमा सामाजिक बिकास मन्त्रालयका सचिव चक्र पाणी पाण्डे , गोदावरी नगरपालिका १ का बडाध्यक्ष लगायतका अन्य कर्मचारीहरुको उपस्थिति रहको थियो ।
सेभ द चिल्ड्रेनले सुदूरपश्चिम प्रदेशको कैलालीको गेटामा र बाग्मति प्रदेशको मकवानपुरको हेटौंडामा औषधि तथा सामाग्री भण्डारण भवनको एकै साथ टेण्डर गरेको थियो ।