जनताको मन जित्नेगरि काम गर्न नेता कार्यकर्तालाई जिल्ला अध्यक्ष ढुङ्गानाको सुझाव
नेकपा एमालेका जिल्ला अध्यक्ष यज्ञराज ढुङ्गानाले पाटीलाई बलियो बनाउन जनताको मन जित्न आवश्यक रहेको बताउनु भएको छ । जानकी गाउँपालिका गाउँ कमिटीको विस्तारित बैठकमा बोल्दै उनले जनताको मन जित्नेगरि काम गर्न गाउँपालिकाका नेता कार्यकर्ताहरूलाई अध्यक्ष ढुङ्गानाले सुझाव दिएका थिए ।
एमालेका कार्यकर्ता जनताको साथमा रहनु पर्छ इमानदार र जबाफदेही भएर काम काम गर्नुहोला उनले आग्रह गरे ।
जिल्ला सचिव ममता प्रसाद चौधरीले पार्टी बनाउनका लागि सङ्गठन विस्तार गर्नु पर्ने बताए । उनले नेकपा एमाले एउटा सर्कुलर बनाएर काम गरिरहेको जानकारी दिए ।

कार्यक्रममा जिल्ला उपसचिव चूडामणि भट्ट, सुदूर पश्चिम प्रदेश कमिटी सदस्य सुकदैया चौधरी, जिल्ला कमिटी सदस्य तथा जानकी गाउँपालिका वडा नं ९ का वडाध्यक्ष खकेन्द्र भण्डारी लगायतले धारणा राखेका थिए ।
गाउँ कमिटी उपाध्यक्ष धर्मदत्त चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा उपसचिव विजय रावलले स्वागत गरेका थिए । कार्यक्रम सञ्चालन सचिव उत्तम चौधरीले गरे ।
कार्यक्रममा नव निर्वाचित जिल्ला पदाधिकारी र सदस्यलाई बधाई खादाले सम्मान गरिएको थियो ।
पछिल्लो समय नेकपा एमालेले कैलाली जिल्ला कमिटीले पार्टी गतिविधि बढाउने गरि जिल्ला नेतृत्वले जिल्ला भरिनै सक्रियता बढाइरहेको छ ।