सुदूरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रीमा चौधरी

NAVJEEVAN

धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रीमा लक्ष्मण किशोर चौधरीले जिम्मेवारी पाएका छन् ।

नागरीक उन्मुक्ति पार्टिबाट गत फागुन २५ मा बिनाबिभागिय मन्त्री नियुक्त भएका चौधरीलाई सामाजिक बिकास मन्त्रालयको जिम्मेवारी दिईएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री कमल बहादुर शाहले बुधबार राति सरकारमा सहभागी नाउपाका सबै मन्त्रीसँग छलफल गरि बिना विभागीय मन्त्रीलाई जिम्मेवारी दिएका हुन् ।

सामाजिक बिकास मन्त्रीको जिम्मेवारी पाएका चौधरीले बिहिबार मन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।

केन्द्रमा कांग्रेस र माओवादीसहितको गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै कांग्रेसका मुख्यमन्त्री रहेका प्रदेशमा माओवादी केन्द्रका तत्कालिन मन्त्री झपट बहादुर साउदलाई बर्खास्त गरेका थिए ।

Loading...