धनगढी : भारतीय ट्याक्सीहरूले धनगढीमा मनपरी गर्दै आएका छन्।

भारतमा सञ्चालनका लागि अनुमति पाएका पहेँलो प्लेटका ट्याक्सीहरू धनगढीमा निर्बाध रूपमा सञ्चालनमा रहेका हुन्। नेपालमा मनोमानी शुल्कमा यात्रु बोक्न थालेको भन्दै भारतीय ट्याक्सीहरूलाई सञ्चालनमा रोक लगाउने तयारी गरिएको छ। कैलाली जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले पहेँलो नम्बर प्लेटका भारतीय ट्याक्सीलाई नेपालमा सेवा दिने रोक लगाउने निर्णय भएको हो। त्यस्तै भारतीय सेतो नम्बर प्लेटका यात्रु बोक्न नदिने निर्णय भएको कैलाली सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताएकी छन
धनगढीमा निर्बाध रूपमा भारतीय पहेँलो नम्बर प्लेटका ट्याक्सी यात्रु बोकी रहेका छन्। भारतीय सेतो नम्बरका ट्याक्सी पनि नेपालमा यात्रु बोकी रहेका छन्। धनगढीको चौराहदेखि मिलन चौक, भन्सारसम्म विभिन्न स्थानमा भारतीय पहेँलो र सेतो नम्बर प्लेटका ट्याक्सी यात्रु बोकी रहेका हुन्छन्। उनीहरूले सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा पनि सेवा दिईरहेका छन। भारतीय ट्याक्सीहरूले नेपाली यात्रु भारतका विभिन्न स्थान तथा नेपालमा पनि बोक्दै आएका हुन्।
कानुन अनुसार मालवाहन सार्वजनिक सबारी साधन वर्षमा ३० दिन मात्रै नेपाल प्रवेश गर्न पाउने नियम छ। भन्सार विभागको नियम उक्त विषय उल्लेख गरिएको भएपनि भारतीय ट्याक्सीहरू धनगढीका होटेलहरूमा बास बस्दै आएका छन्। भारतीय ट्याक्सी धनगढीमा सञ्चालन हुँदा पनि स्थानीय प्रशासन मूकदर्शक हुने गरेको छ।
नेपाल–भारत प्रधानमन्त्री स्तरीय बैठकले २०१४ मा दुई देशीय यातायात सम्झौता अनुसार नेपाल–भारत मैत्री बस चलाउने सम्झौता अनुसार मैत्री बस सञ्चालनमा रहेको थियो। तर, नेपालमा भारतीय ट्याक्सीले निर्बाध रूपमा सेवा दिएपछि नेपाली ट्याक्सी व्यवसायीहरू मारमा परेका छन्