चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि ऐश्वर्य बहुमुखी क्याम्पस अनेरास्ववियुले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।
घोषणापत्रमा विद्यार्थीको नेतृत्व विकास व्यक्तित्व विकास र आवश्यकता अनुसार लोकसेवा तयारी कक्षा बैंकिङ तयारी कक्षाहरू सञ्चालन गर्नेसँगै कमजोर विद्यार्थीहरूलाई थप कक्षाको व्यवस्था गरिने , AMC कप भलिबल प्रतियोगिता लाई निरन्तरता दिने, होस्टेल निर्माणका लागी पहल गर्ने,BBA ,BSC CSIT ,MBA पढाइका लागि पहल गर्ने उल्लेख गरेको छ।

यस्तै वार्षिक परीक्षाफल, खेलकुद, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरूलाई स्ववियुले पुरस्कार दिने,MBS का ५ ओटै पुस्तक उपलब्ध गराइने लगायतका एजेण्डाहरु घाेषणा पत्रमा समावेश गरिएका छन्।
अनेरास्ववियुको तर्फबाट सभापति पदमा दिपेन्द्र भट्ट दिपेन, उपसभापति उमेश बम,सचिवमा प्रदीप खड्का, सह सचिवमा खगेन्द्र बुढा,कोषाध्यक्षमा जुनी चौधरी सहितको टीम चुनावी मैदानमा होमिएको छ।
ऐश्वर्य क्याम्पस अनेरास्ववियुका उम्मेदवारहरूको एजेन्डाहरू:-