वायुसेवा निगममा देखिएका समस्या अध्ययन गर्न चार सदस्यीय उपसमिति गठन

नेपाल वायुसेवा निगममा देखिएका समस्या समाधान गर्न संसद्‌को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले शिशिर खनालको संयोजकत्वमा चार सदस्यीय उपसमिति गठन गरेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा देखिएका समस्या लामो समयदेखि समाधान हुन नसकेको भन्दै ती समस्याको अध्ययन गर्न उपसमिति गठन गरिएको हो ।

NAVJEEVAN

उपसमितिमा खनाल सहित छिरिङल्हामु लामा, योगश गौचन थकाली र सुनिता बराल हुनुहुन्छ । उपसमितिलाई समस्या र समाधानका उपाय सहित विस्तृत अध्यन गरेर प्रतिवेदन पेश गर्न एक महिनाको समय तोकिएको छ ।

निगम पछिल्लो एक महिनादेखि अन्तरिक उडानविहीन भएको छ भने अन्तर्राष्ट्रिय उडान गर्ने दुई वटा न्यारोबडी र दुई वटा वाइडबडी पनि आफ्नो क्षमता अनुसार चल्न सकेका छैनन् ।

Loading...