कर्णालीविरुद्ध टस जितेर जनकपुरले रोज्यो फिल्डिङ

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दोस्रो क्वालिफायर अन्तर्गत जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै छन् । त्रिवि क्रिकेट मैदानमा टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ ।

NAVJEEVAN

एनपीएलको फाइनलमा स्थान बनाउनका लागि आज यी दुई टोली भिड्दै छन् ।

यसअघि हिजो भएको पहिलो क्वालिफायर खेलमा जनकपुरलाई आठ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाइसकेको छ । जनकपुरले हारका बावजुद आज दोस्रो क्वालिफायर खेल्दै छ भने कर्णालीले एलिमिनेटरमा चितवन राईनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

Loading...