भारतीय बलर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्न्यास

भारतीय बलर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । अस्ट्रेलियामा जारी बोर्डर-गवास्कर ट्रफी सिरिज अन्तर्गतको तेस्रो टेस्टपछि अश्विनले तत्कालै लागू हुने गरी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।

 

NAVJEEVAN

अश्विन टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने भारतीय बलरमध्ये दोस्रो स्थानमा छन् । उनले १०६ टेस्टमा कुल ५३७ विकेट लिएका छन् । टेस्ट क्रिकेटमा भारतका सर्वाधिक विकेट लिने खेलाडी अनिल कुम्ब्ले हुन् । उनले १३२ टेस्टमा ६१९ विकेट लिएका छन् ।

अश्विनले तीन हजार ५०३ टेस्ट रन समेत बनाएका छन् । यसमा ६ शतक र १४ अर्धशतक सामेल छन् । उनी तीन हजार रन र तीन सय विकेट लिने विश्वका केवल ११ जना अलराउन्डरमध्ये एक हुन् । उनले ११ वटा प्लेयर अफ द सिरिज समेत जितेका छन् ।

“अन्तर्राष्ट्रियस्तरमा सबैखाले फर्म्याटका लागि भारतीय क्रिकेटरको रूपमा यो मेरो अन्तिम दिन हो”, ब्रिसबेन टेस्टपछिको पत्रकार सम्मेलनमा उनले भने, “मलाई लाग्छ ममा अलिकति क्रिकेटरको ऊर्जा चाहिँ छ तर यसलाई म क्लबस्तरीय क्रिकेटमा अभिव्यक्त गर्न चाहन्छु ।”

Loading...