दक्षिण भारतीय फिल्म स्टार अल्लु अर्जुनलाई हैदराबाद प्रहरीले पक्राउ गरेको छ।
उनको फिल्म ‘पुष्पा-२’ को सिनेमा हलमा प्रदर्शनका क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएपछि उनीविरुद्ध जाहेरी दर्ता भएको थियो।
फिल्म ‘पुष्पा २’ रिलिजको पूर्वसन्ध्यामा हैदराबादको ‘सन्ध्या थिएटर’मा फिल्मको स्क्रिनिङ भएको थियो। मानिसहरू अग्रिम टिकट काटेर चलचित्र हेर्न आउने गरेका छन्।
रिपोर्टअनुसार अल्लु अर्जुनको टोलीले अचानक उनको यहाँ भ्रमण गर्ने योजना बनाएको थियो र उनी थिएटरमा पुग्नेबित्तिकै उनलाई हेर्न फ्यानमा भागदौड मच्चिएको थियो।
भागदौडका क्रममा त्यहाँ एक महिलाको मृत्यु भयो र अल्लु अर्जुनसहित धेरै व्यक्तिविरुद्ध जाहेरी दर्ता गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।