सुदूरपश्चिम रोयल्सको सानदार जीत, लगातार दोस्रोपटक हार्‍यो विराटनगर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जित हात पारेको छ । विराटनगर किङ्सलाई ९० रनले हराउदै सुदूरपश्चिमले जित हात पारेको हो ।

 

सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १६ ओभर एक बलमा ९२ रनमै समेटियो । विराटनगरको यो लगातार दोस्रो हार हो । सुदूरपश्चिमले भने आफ्नो पहिलो खेलमै जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर सुरूमा फिल्डिङ गर्ने निर्णय लिएका थिए । तर सुरूआत विराटनगरले सोचे जस्तो भए पनि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले २४ बलमा ५७ रनको आक्रामक पारी खेलेपछि भने सुदूरपश्चिमले १८२ रनको विशाल स्कोर खडा गर्‍यो ।

NAVJEEVAN

सुदूरपश्चिमका ओपनर अमित श्रेष्ठ इस्मात अलामको बलमा क्याच क्याट भएका थिए । एक रन बनाएका अमितको क्याच मार्टिन गप्टिलले लिएका थिए । अनिल खरेलले विनोद भण्डारीलाई २३ रनमा मैदान बाहिर पठाए । आरिफ शेख पनि नौ रनमा आउट भएका थिए । बसिर अहमदको बलमा निकलस क्रितनले शानदार क्याच लिए । पावर प्लेमा सुदूरपश्चिमले तीन विकेट गुमाएर ४३ रन जोडेको थियो । ब्रान्डन मेक्मलेनले २६ बलमा ३६ रन बनाएर आधार तयार पारे । सैफ जेबले १४ रन मात्र बनाउन सके । सुदूरले अन्तिम १० ओभरमा एक सय १४ रन जोडेको हो । इसान पान्डेले रन आउट हुनुअघि २१ रन थपे । दीपेन्द्रले २४ बलमा ५७ रनको योगदान गरे । उनले तीन चौका र पाँच छक्का प्रहार गरे । स्कट कुग्लेइनले १० रन जोडे ।

विराटनगरका लागि बलिङतर्फ अनिलले तीन विकेट लिए भने सन्दीप लगातार दोस्रो खेलमा विकेटविहीन रहे ।

जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले १६ ओभर एक बलमा ९२ रन मात्र बनाएर अलआउट भयो । विराटनगरका मार्टिन गप्टिल ‘गोल्डेन डक’ भए । उनलाई कुगेलेइनले बोल्ड गरे । ओपनर लोकेश बम दुई रनमा मकमलेनको सिकार भए । निकोलस क्रितोन पाँच रन बनाएर पवेलियन फर्किए । उनको विकेट पनि कुगेलेइनको नाममा रह्यो । राजेश पुलामी १५, बसिर अहमद २४ रन बनाएर बाहिरिए भने इस्मात आलम ६ रनमा आउट भए । प्रतीस जीसीले एक र कप्तान सन्दीप लामिछानेले आठ रन जोडे ।

विराटनगरलाई सुदूरका बलरले दबाबमा राखेर खेलाए । अन्तिममा अनिल खरेलले अविजित १० रन बनाए । क्रिस सोलले नौ रन जोडे । कुगेलेइनले चार ओभर बलिङ गरेर ३० रन मात्र खर्च गर्दै तीन विकेट लिए । अविनाश बोहराले पनि तीन विकेट लिए ।

Loading...