हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले आउँदो पुसको पहिलो हप्तादेखि पुनः सिमेन्ट उत्पादन शुरू गर्ने तयारी गरेको छ । उद्योग व्यवस्थापनले यही मङ्सिरमै सिमेन्ट उत्पादन शुरू गर्ने बताए पनि उद्योगको विभिन्न उपकरणहरू मर्मतको काम नसकिँदा अझै उत्पादन शुरू हुन सकेको छैन ।
उपकरणहरूको मर्मत कार्य सम्पन्न हुने बित्तिकै आउँदो पुस महिनाको पहिलो हप्तादेखि सिमेन्ट उत्पादन शुरू गर्ने गरी तयारी भइरहेको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले बताउनुभयो । उद्योग व्यवस्थापनले गएको असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो ।
आर्थिक अभावका कारण यसअघि दुई महिना उद्योग बन्द भएको हो । भदौ महिनाको तेस्राे हप्तादेखि सिमेन्ट उत्पादन शुरू गरेको उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।
२०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन शुरू गरेको थियो ।