कैलालीको गोदावरीमा ट्याक्टर दुुर्घटना भएको छ।
गोदावरी नगरपालिका–४ खैरानामा पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको गोदावरी–१ का सेअलीले चलाएको ना ३ त ४३४६ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो। उक्त दुर्घटनामा परेर बारा जिल्लाको देवताल–१ का १६ वर्षीय भोषा महर, रन्दन महर र सन्तोष महर घाइते भएका छन्।
चालक भने फरार रहेको प्रहरीले जनाएको छ।