![NAVJEEVAN](https://nilkamalonline.com/wp-content/uploads/2024/11/navjeevan.jpg)
निस्कियौँ दुई अन्जान यात्री प्रेमको सफरमा ।
फल्छ, फुल्छ फुलाउन सके ईन्द्रकमल वगरमा।
यो रङ्गिन जीवन सफेद बनायौँ क्षण भरमै
सामेल भयौँ मोजमस्तिमा बिर्सियौँ कहरमा।
लाखौँको तामझाम तिम्रा पछाडि घुम्ति फेरेपछि
देखेकि छौँ र मिसिएको पन्चामृत, अमृत जहरमा।
सुनाउँदै नहिड्नु त्यो निलज्ज मनको कहानी
जमानति नैं जफत होला असफल प्रेमको यो सहरमा।
रुखो बोल्यौँ अन्तिम शब्द विछोडको विजया जुलुसमा
साक्षयत्कार नहोस् बारम्बार तिमी सँग यो सहरमा।
गोविन्द क्षेत्री
धनगढी