प्रधानमन्त्री केपी शर्मा ओलीले १५औं विश्व बडीबिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिप २०२४ मा पदकप्राप्त नेपाली खेलाडीलाई सम्मान गर्नुभएकाे छ ।
प्रधानमन्त्री ओलीले मंगलबार खेलाडीहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बाेलाएर सम्मान गर्नुभएकाे हाे ।
यही नाेभेम्बर ५ देखि ११ सम्म माल्दिभ्समा भएको प्रतियोगिताको विभिन्न तौल समूह र विधामा रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य र सोनाम मुलगुठीले दोस्रो स्थान हासिल गरेका थिए ।
प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई बधाई दिँदै आगामी दिनमा अझ राम्राे गर्दै अघि बढ्न शुभकामना दिनुभयाे । यस खेलको पर्याप्त सम्भावना रहेकाे भन्दै उहाँले राज्यका तर्फबाट आवश्यक सहयाेग रहने प्रतिबद्धता जनाउनुभयाे । प्रोत्साहन हुने विश्वास दिलाएका
छन्।