प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सङ्गले शिष्टाचार भेट गरेका छन्। उनीहरूबीच सोमबार भेटवार्ता भएको हो। शिष्टाचार भेटका क्रममा राजदूत छनले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीको कार्यभार सम्हालेका बधाई र शुभकामना दिएका थिए।
भेटमा दुई देशबीचको मित्रतलाई अझै उन्नत बनाउने विषयमा कुराकानी भएको राजदूत छनले जानकारी दिएका छन्।
‘हामी मित्रतालाई अझ प्रगाढ तुल्याउन र व्यावहारिक सहयोगलाई गति दिन सहमत भयौं,’ भेटपछि राजदूत छनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।