भोलि नै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी हुदै

NAVJEEVAN

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारलाई भोलि नै पूर्णता दिने तयारी भइरहेको छ । राष्ट्रपतिको कार्यालयले आइतबार साँझ ५ बजेपछि मात्र ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने भएकाले सोमबार बिहान ११ बजे शपथ समारोह राख्ने तयारी चलिरहेको छ ।

ओलीले आफूले शपथ लिँदा मन्त्रिपरिषदलाई पूर्णता दिन चाहेका छन् । ‘सकेसम्म भोलि नै मन्त्रिपरिषदलाई पूर्णता दिइनेगरी छलफल भइरहेको छ’, ओली निकट स्रोतले भन्यो ।

पार्टीभित्र आकांक्षी सांसदहरुको संख्या धेरै रहेकाले पनि भोलि एकैपटक मन्त्रिपरिषद पूर्णता दिन लागिएको एमालेका एक नेता बताउँछन् । ‘मन्त्री बन्न योग्य सांसदहरु धेरै हुनुहुन्छ । तर थोरै संख्याबाट मिलाउनुपर्ने भएकाले पनि एकैपटक मन्त्रिपरिषद् विस्तार गर्नुपर्छ भन्नेमा नेताहरु पुग्नुभएको छ’, उनी भन्छन् ।

सरकारमा सहभागी हुने साना दलहरुलाई दिएर बाँकी रहेको मन्त्रालय आधा–आधा गर्नेगरी देउवा र ओलीबीच छलफल भइरहेको छ ।

Loading...