कञ्चनपुरमा एक बालिका मृत फेला परेकी छन् डडेल्धुराको परशुराम नगरपालिका–६ तातापानीका महादेव नाथकी १४ वर्षीया छोरी पुष्पा नाथ शनिवार मृत फेला परेकी हुन्। पुष्पा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बैसख्खा शिविर स्थित स्याली नदीमा मृत फेला परेकि कञ्चनपुर प्रहरीले जनाएको छ।