संसदमा मतदानलगत्तै ओलीलाई प्रधानमन्त्री सांसद र दलको लिखित समर्थन तयार

सत्ता साझेदारी गर्न लागेका संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले शुक्रवारै नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष समावेदन दिने तयारी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने निश्चित रहेकाले संसदको प्रक्रिया सकिए लगत्तै एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई दुई तिहाइ भन्दा बढी सांसदहरूको समर्थन रहेको जानकारी राष्ट्रपतिलाई गराउने तयारी छ ।

NAVJEEVAN

नयाँ सरकार गठनको प्रक्रियालाई जटिल बनाउन प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको बेला कांग्रेस र एमालेले सांसदहरूको हस्ताक्षर समेत गराएर धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष आग्रह गर्ने तयारी भएको हो ।

माओवादी केन्द्रले प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि धारा ७६ को उपधारा ३ को सरकार गठन हुने र देउवा प्रधानमन्त्री बन्ने जिकिर गरिरहेको छ ।

राष्ट्रपति कार्यालयमा सभामुखले विश्वासको मत परिणाम पठाएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ । यो प्रक्रिया शुक्रवारै शुरु गर्ने तयारी छ ।

यसबीचमा आवश्यक परेमा राष्ट्रपतिले दलका नेताहरूसँग परामर्श गर्न सक्ने उनका एक सल्लाहकारले बताए । तर संविधान बमोजिम नयाँ प्रधानमन्त्री नियुक्तिको लागि राष्ट्रपतिले प्रक्रिया थाल्नलाई केहीले नरोक्ने उनको भनाइ छ ।

Loading...