एमालेसँग भएको सहमति सार्वजनिक हुन्छ : गगन थापा

NAVJEEVAN

 नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ सरकार गठनको प्रक्रियामा गएपछि एमालेसँग भएको सहमति सार्वजनिक हुने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले सदनमा विश्वासको मतको प्रक्रिया सकेर नयाँ सरकार गठन हुने प्रक्रियामा गइसकेपछि मात्रै कांग्रेस-एमालेबीच भएको सहमति सार्वजनिक हुने बताएका हुन् ।

पार्टीका सबै सदस्यहरूलाई सहमतिका सबै बुँदाका बारेमा जानकारी गराइसकिएको भन्दै थापाले एमालेसँग भएको सहमतिको इमान्दारीताका साथ पालना हुने बताए ।

उनले महामन्त्रीको रूपमा काम गर्दा समयको दबाब रहेकाले आफू सरकारमा नजाने र महामन्त्रीकै रूपमा काम गर्ने पार्टी नेतृत्वलाई जानकारी गराएको बताए ।

Loading...