धनगढीमा वायु मापन गर्न ‘एअर क्वालिटी स्टेशन’ जडान गरिदै

कैलालीको धनगढीमा वायु प्रदुषण स्तर मापन गर्न ‘एअर क्वालिटी स्टेशन’ जडान गरिने भएको छ।

यसका लागि धनगढी उपमहानगरपालिकाले संभाव्यता अध्ययन गर्ने भएको छ। धनगढी उपमहानगर क्षेत्रको वायु प्रदुषणको स्तर मापन गर्न ‘एअर क्वालिटी स्टेशन’हरु जडान गरिने भएको हो। मनसुन सकिएसँगै बिस्तारै वायुमा प्रदूषणको मात्रा बढ्दै जान्छ र वायु प्रदूषणको समस्याले आमनागरिक प्रभावित हुने गरेका छन्।

NAVJEEVAN

वायुलाई प्रदूषित गर्ने तत्वलाई सहजताका लागि ग्यास तथा कण (ठोस र तरल मिश्रित) मा विभाजन गर्न सकिन्छ। ती मध्ये नाइट्रोजन डाइअक्साइड, कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड बढी मात्रामा पाइने तथा मानव स्वास्थ्यलाई असर गर्ने ग्यासहरू हुन्। हावालाई प्रदूषित गर्ने अर्को प्रमूख तत्व ठोस र तरल मिश्रित कणलाई पार्टीकुलेट म्याटर (पिएम) पिएम भनिन्छ।

जसलाई यसको व्यासको आधारमा वर्गीकरण गरिन्छ र यसको कुनै निश्चित आकार हुँदैन। धनगढीको वायु प्रदुषणको स्तर मापन गर्ने अहिलेसम्म कुनै उपकरण जडान भएको छैन्। यस कारण पनि धनगढीको वातावरण कति स्वच्छ र कति प्रदुषण छ भन्ने कुरा तुरुन्तै जानकारी लिन सकिने अवस्था छैन्।

यसैका लागि उपमहानगरपालिकाले अध्ययन गरेर यस्ता यन्त्र जडान गर्ने विषयलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको छ।

Loading...