दार्चुलाको महाकाली नगरपालिकाले दियो सुटुक्क १० जना कर्मचारीलाई भत्ता

दार्चुलाको महाकाली नगरपालिकाले १० जना कर्मचारीलाई सुटुक्क २ लाख २१ हजार ८५० रुपैयाँको भुक्तानी दिएको छ।

NAVJEEVAN

१० वर्षे आवधिक शिक्षा योजना तर्जुमा गर्न कार्यशाला गोष्ठी सञ्चालन गरेको भन्दै १० जना कर्मचारीलाई सो रकम भुक्तानी गरिएको हो। ती कर्मचारीलाई १८ दिने गोष्ठी र बैठकको नाममा प्रतिदिन २ हजारका दरले भुक्तानी गरेको पाइएको हो। जबकी दैनिक २ हजारका दरले भत्ता खर्च लेख्न पाउने ठोस आधार भने फेला परेको छैन्।

त्यस्तै स्थानीय तहका पदाधिकारीले पाउने सुविधा सम्वन्धि ऐन २०७५ विपरीत वडा समिति बैठक भत्ताको नाममा मनपरी खर्च गरेको समेत पाइएको छ। एक लाख १३ हजार ८५० रुपैयाँ वडा समिति बैठक भत्ताको नाममा गरिएको खर्चलाई पनि बेरुजूको रुपमा राखिएको छ। इन्धनको नाममा मात्र महाकाली नगरपालिकाले ३७ लाख ४९ हजार ७८० रुपैयाँ खर्च गरेको छ।

यसका साथै सवारी मर्मतमा थप २९ लाख ९१ हजार ९९ रुपैयाँ खर्च गरेको छ। सो नगरपालिकाले अनुगमन र भ्रमणको नाममा पनि ठूलो रकम खर्च गरेको पाइएको छ। अनुगमन र भ्रमण नाममा २१ लाख ४६ हजार १५८ रुपैयाँ खर्च गरिएको छ। मासिक एक लाख ५० हजारका दरले गाडी भाडामा मात्र १८ लाख खर्च गरेको पाइएको छ। त्यस्तै अर्थमन्त्रालयको कार्य सञ्चालन निर्देशिका विपरीत नगरपालिकाले स्वास्थ्य शिविरको नाममा उपेन्द्रसिंह धामीलाई १४ लाख ९८ हजार चार भुक्तानी दिएको समेत खुलेको छ।

Loading...