वन कर्मचारीको मिलेमतोमा कैलालीको गौरीगंगा साझेदारी वनबाट तस्करी

कैलालीको गौरीगंगा साझेदारी वनमा तस्कर समूह सक्रिय भएका छन्। साझेदारी वनका पदाधिकारीसहित वनका कर्मचारीको मिलेमतोमै काठ तस्करी भइरहेको हो।

गौरीगंगा साझेदारी वन उपभोक्ता समूहलाई रुख कटानीको अनुमति छैन। तर, साझेदारी वनका खोलाहरूबाट रुख काटिएको फेला परेको छ। गौरीगंगा साझेदारी वन उपभोक्ता समूहका पदाधिकारी वैधानिक रूपमा रुख कटानीको तयारीमा थिए। तर, डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलले कटानका लागि कानुनी समय सकिएको भन्दै अनुमति नदिएपछि काठ तस्करी बढेको हो।

NAVJEEVAN

डिभिजन वन कार्यालय, मसुरियाले तीन सय ५१ वटा रुख कटानी गरेको फेला पारेको हो। साझेदारी वन क्षेत्रमा एक हजार तीन सय १७ क्यूफिट काठ वन कर्मचारीले अवैध रूपमा फेला परेको भन्दै नियन्त्रणमा लिएको छ। तर, वनका कर्मचारीको मिलेमतोमा रुख तस्करी गर्ने समूहलाई भने उन्मुक्ति दिइएको छ

गौरीगंगा साझेदारी वनबाट तीन वर्षदेखि काठ सङ्कलन गर्न सकिएको छैन। साझेदारी वनमा २ सय बढी रुखहरू आगोले नष्ट गरेको छ। वन ऐन, २०७६ र नियमावली २०७९ अनुसार साझेदारी वनका खोला खोल्सामा रहेका ढलेका रुख काट्न कर्मचारीसहितको समूह सक्रिय भएको थियो। सङ्घीय वन ऐन र नियमावली विपरीत भएको भन्दै डिभिजन वनले रोकेपछि तस्करी बढेको छ।

सव–डिभिजन वन कार्यालय मसुरियाका सहायक वन अधिकृत तथा गौरीगंगा साझेदारी वन उपभोक्ता समूहका सदस्य सचिव भरत शाहले साझेदारीबाट तस्करी हुने गरेको काठ बरामद भएको बताए। तर, उनले पदाधिकारीसँगको मिलेमतोमा तस्करी नभएको तर्क गरेका छन्। उनले भने, ‘वनमा टुर गस्ती गर्ने गरेका छौ। भेटियो भने बरामद गर्ने गरेका छौ। फायर लाइन क्षेत्रबाट तस्करी भएको छैन। काठ काट्न अनुमति छैन। रुखहरू हटाउने आदेश छैन। ढलेका रुख पनि निकाल्न सकिएको छैन।’

गौरीगंगा नदीदेखि कान्द्रा नदीसम्म गौरीगंगा साझेदारी वन फैलिएको छ। तीन हजार २० दशमलव ४६ हेक्टरमा साझेदारी वन फैलिएको छ। चुरे क्षेत्रसम्म पर्ने उक्त वनमा संरक्षण भन्दा नोक्सानी बढी हुने गरेको छ।

Loading...