जसपा नेपालको अध्यक्षमा निर्विरोध निर्वाचित भए उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन्।

पार्टी स्थापना कालदेखि नै नेतृत्व गर्दै आएका यादव अहिले जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भएका हुन्।

निर्वाचन प्रक्रिया अनुसार जसपा नेपालको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको थियो। जसमा अध्यक्ष पदका लागि उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।

अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन। जनकपुरधाममा जसपा नेपालको महाधिवेशन चलिरहेको छ।

Loading...