प्रधानमन्त्री दाहाल पनि सहकारी पीडितको लिस्टमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी प्राधिकरण स्थापना गर्ने घोषणा गरेका छन् ।

सहकारी केन्द्र नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले विद्यमान संरचनाभित्रबाट सहकारीमा देखिएका समस्या समाधान गर्न नसकिने निष्कर्ष सुनाउँदै प्राधिकरण बनाएर अघि बढ्ने बताए । प्राधिकरण गठन प्रक्रिया केही समयभित्रै सुरू हुने उनको भनाइ छ । प्रधानमन्त्रीले आफू पनि सहकारी पीडित भएको बताए ।
प्रधानमन्त्री दाहालले पुँजीवादी विकृतिले सहकारी आन्दोलनलाई समाजवादी बाटोमा अघि बढ्न नदिएको जिकिर पनि गरे ।