मोरङमा प्रहरीमाथि आक्रमण, ६ जना विद्यार्थी पक्राउ

मोरङमा विद्यार्थीको समूहले रंगेली नगरपालिकाका नगररक्षक (नगरप्रहरी)माथि आक्रमण गरेको छ ।

निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै नगरपालिका पुगेका उनीहरूले नगरप्रहरीमाथि आक्रमण गरेका हुन् ।

NAVJEEVAN

विद्यार्थी समूहको आक्रमणबाट ४ जना नगरप्रहरीहरू घाइते भएका छन् । साथै उनीहरूले नगरपालिकाका कार्यवाहक मेयर एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुर्व्यवहार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

प्रहरीका प्रवक्ता डीएसपी बस्नेतका अनुसार विद्यार्थीहरूले नगरपालिकामा तोडफोड पनि गरेका छन् । विद्यार्थीको समूहले निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै जेठ १३ गते ज्ञापन पत्र बुझाएको थियो । तर, नगरपालिकाले चासो नदिएपछि विद्यार्थीको समूहले हातपात गरेको थियो ।

Loading...