धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा र पुरानो भन्सार रोड, धनगढी उपमहानगरपालिका–१० सालघारी र धनगढी उपमहानगरपालिका–१२ जुगेडाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ३५ हजार १० मूल्य बराबरको सामान बरामद गरिएको हो।
उक्त स्थानबाट चिनी, पास्ता, साबुन, सुर्ती, बिडी, प्लाष्टिक झिल्ली, बोईलर कुखुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।