धनगढीमा चलिरहेको १७ बर्ष मुनिको रात्रिकालिन क्रिकेट प्रतियोगिता चर्चाको शिखरमा

धनगढ़ी २१  यहि जेठ १६ गते देखि धनगढी उपमहानगरपालिका वार्ड न १२ जनता माबिको खेल मैदानमा सुरु भएको नेपालकै पहिलो १७ बर्ष मुनिको रातिकालिन क्रिकेट प्रतियोगिताको चर्चा अहिले देश भरी चलिरहेको छ।

पछिल्लो समय क्रिकेट प्रतिको बढदो क्रेज र क्रिकेट प्रतिको महोलाई ध्यानमा राखेर युवा मिलेर हाम्रा किशोरहरुलाई गलत बाटोमा जान नदिन र स्तानिय स्तरमा रहेका  खेलाडीलाई उत्पादन गर्दै राष्ट्रीय टिमसम्म पुराउनका साथै क्रिकेटको माध्यमबाट समाजलाई सकारात्मक सन्देश प्रदान गर्न उक्त आयोजना गरिएको हो।

साहारा नेपाल क्लबले आयोजना गरेको सुदुरपश्चिम सुपर लिगको यो तेस्रो सस्करण हो प्रतियोगितामा सुदुरपश्चिम भरीबाट १२ वटा टिम सहभागी भएका छ्न खेल लिग चरणबाट खेलाईदै छ।

Loading...