कैलालीका विद्यालय गर्मी बढेपछि बन्द

धनगढीः कैलालीका विद्यालयहरूमा गर्मी बिदा दिइएको छ। तापक्रम वृद्धिले विद्यालय सञ्चालनमा कठिनाइ भएपछि जिल्लाका विद्यालय बन्द गरिएका हुन्। कैलालीको तापक्रम बुधवार ४३ दशमलव ३६ डिग्री सेल्सियस मापन भएको थियो। गर्मीले बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन्।

धनगढीको तापक्रम बुधवार ४३ दशमलव ३६ डिग्री तापक्रम मापन गरिएको थियो। मङ्गलवार ४२ डिग्री सेल्सियस मापन भएको कैलालीको तापक्रम बुधवार साँझ ५ बजेर ४५ मिनेटमा सो डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन फिल्ड कार्यालय, अत्तरियाले बताएको छ। कैलालीमा बुधवार २८ वर्षपछि उच्च तापक्रम मापन भएको हो। गत वर्ष कैलालीमा ४१ डिग्री सेल्सियस उच्च तापक्रम रेकर्ड भएको थियो। गर्मी बढ्न थालेपछि स्थानीय तहले विद्यालय बन्द गर्न थालेका हुन्।

Loading...