४४ डिग्री नाघ्याे धनगढीकाे तापक्रम

सुदूरपश्चिमकाे राजधानी धनगढीकाे तापक्रम ४४ डिग्री सेल्सियस नाघेकाे छ । माैसम तथा विज्ञान विभाग अन्तर्गतकाे महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार मापन गरिएकाे रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ ।

कार्यालयका माैसम विज्ञान सहायक सिंगल चाैधरीले दिउँसो मापन गरिएकाे रेकर्डअनुसार बुधबार ४३.३६ डिग्री सेल्सियसकाे रेकर्ड बिहीबार नै तोडिएको बताए । बिहीबारको तापक्रम वर्षकै सर्वाधिक भएको माैसम तथा विज्ञान विभागले जनाएकाे छ ।

Loading...