आर्थिक शिथिलता चिर्ने गरी बजेट ल्याउन वाग्लेको सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले आर्थिक शिथिलता चिर्ने गरी आगामी आर्थिक वर्ष (आव) को बजेट ल्याउन सुझाव दिएका छन् ।

आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमबारे संसदको छलफलमा भाग लिँदै उनले यो नीति तथा कार्यक्रममा पार्टीको पूर्ण समर्थन रहेको समेत उल्लेख गरे । उनले रास्वपाले सम्हालेका मन्त्रालयमा समेटिएको नीति तथा कार्यक्रमलाई बजेटले ठोस रुपमा सम्बोधन गर्ने समेत उल्लेख गरे ।

Loading...