सत्तापक्ष र प्रतिपक्षको नेताहरू छलफलमा

संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीसहित सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरू छलफलमा जुटेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे छलफलमा छन्।

NAVJEEVAN

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सहभागी छैन।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा संसदीय समितिको माग गरिरहेको छ। सत्तापक्ष र प्रतिपक्षबीच संसदीय छानबिन समिति बनाउने सैद्धान्तिक सहमति भएको छ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधको कारण शुक्रबारको प्रतिनिधि सभा बैठक पनि चल्न सकेन। प्रतिनिधि सभा बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।

जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ। नीति तथा कार्यक्रम पारित नभएकाले सरकारलाई सदन चलाउनुपर्ने बाध्यता छ।

Loading...