सुदूरपश्चिमको आर्थिक वृद्धिदर ३.०६ प्रतिशत

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र एक उपमहानगर, ३३ नगरपालिका र ५४ गाउँपालिका गरेर कुल ८८ वटा स्थानीय तह छन्।

कुल ९ जिल्ला रहेको सुदूरपश्चिमको आर्थिक वृद्धिदर त्यति उत्साहपूर्ण नहुने देखिएको छ। कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी)मा यहाँ कृषि क्षेत्रको योगदान बढी देखिने गरेको छ। सुदूरपश्चिम प्रदेशको आर्थिक ३ दशमलव शून्य ६ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। चालु आर्थिक वर्षका लागि यस्तो अनुमान गरिएको हो।

राष्ट्रिय तथ्यांक कार्यालयले हालै मात्र सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) प्रतिवेदनले चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर तीन दशमलव शून्य ६ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ।

आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन ५७ खर्ब ४ अर्ब रुपैयाँ बराबर हुने अनुमान गरिएको छ। यसमा सुदूरपश्चिमको ७ दशमलव १ प्रतिशत योगदान रहने प्रारम्भिक अनुमान छ। आर्थिक २०७९/८० को संशोधित अनुमानबमोजिम कुल गार्हस्थ्य उत्पादनमा सुदूरपश्चिमको योगदान घटेको छ।

Loading...