महाकाली पुल निर्माणको काम ९५ प्रतिशत सम्पन

धनगढी : नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत महाकाली नदीमा पुलको काम सकिएको छ। तर, सडकसहित अन्य संरचना निर्माणको काम ९५ प्रतिशत पूरा भएको छ।

महाकाली पारीको दोधारा–चाँदनी नगरपालिकालाई सडक सञ्जालसँग जोड्ने तथा दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहलाई लक्षित गरी महाकालीमा चार लेनको पक्की पुलको काम सकिएको हो। ३४ वटा पिल्लर र ३२ वटा सल्यापसहितको पुलको काम सकिएपनि योजनाको ५ प्रतिशत काम बाँकी रहेको छ। कालोपत्रसहितको पुल कुमार सिएफइसी जेभीले निर्माण सकेको हो।

महाकाली पुलको दुवैतर्फ सात दशमलव ६ किलोमिटर पहुँच मार्ग निर्माण गर्ने ठेक्का गरिएको थियो। एक दशमलव २ किलोमिटर पहुँचमार्ग निर्माणको काम मात्र बाँकी रहेको योजना कार्यालयले जनाएको छ। आयोजना कार्यालयका सूचना अधिकारी कपिल प्रसाद पन्तका अनुसार खड्डाचौकी भन्सार कार्यालय क्षेत्रमा सडक निर्माणको स्वीकृती आएपछि काम सुरु भएको छ। छ दशमलव ४ किलोमिटर पहुँचमार्ग निर्माणको काम सकिएको आयोजना कार्यालयले बताएको छ।

सडक किनारमा निर्माण गर्नुपर्ने नाली निर्माणको काम सकिएको छ। महाकाली पुल योजनाको समग्र कार्यमा ९५ प्रतिशत प्रगति भएको महाकाली पुल योजना कार्यालयले बताएको छ।

Loading...