सुदूरपश्चिममा मन्त्री बन्ने होडबाजीले मन्त्री मण्डलमा अन्योल

धनगढी : सुदूरपश्चिममा एकीकृत समाजवादीको दलका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्री छन्। चार जना प्रदेश सभा सदस्य रहेका समाजवादीबाट सोडारी मात्र मुख्यमन्त्री छन्। अन्य तीन जना प्रदेश सभा सदस्यहरूले मन्त्री तथा राज्य मन्त्रीको पद पाएका छैनन्

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पाटीका सात जना प्रदेश सभा सदस्यहरू छन्। नागरिक उन्मुक्ति पार्टीका पाँच जना प्रदेश सभा सदस्यहरूले मन्त्री तथा राज्यमन्त्रीको पद पाएका छैनन्। उनीहरू प्रदेश सरकारको विपक्षमा छन्।

माओवादी केन्द्रबाट आठ महिना मन्त्री बनेका रमेश सिंह धामी र झपटबहादुर साउँदले मन्त्रीमा दोहोरीने इच्छा व्यक्त गरेका छन। माओवादी केन्द्रका संसदीय दलका उपनेता रावल, ओम विक्रम भाट, शिवसिंह ओली र लक्ष्मी विकले समेत मन्त्रीका लागि दाबी गर्दै छन्। रावलले पुराना मन्त्रीहरूलाई फेरि पठाउने वा नयाँ मन्त्री पठाउने भन्ने विषयमा सहमति नभएको बताए। तर, उनीहरू सबै मन्त्रीका लागि दौडधुपमा रहेका छन्।

एमालेले सरकारमा जाने वा नजाने विषयमा निर्णय लिएको छैन। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनको पर्खाइमा एमाले रहेको छ। तर, एमालेबाट सन्तोष शर्मा थापा, सुरेन्द्र पाल, वीरबहादुर थापा, दमनबहादुर भण्डारी र धर्मराज पाठकको नाम मन्त्रीका लागि चर्चामा छन्।

Loading...