कैलालीमा करेन्ट लागेर ५५ बर्षिय भारतीय नागरिकको मृत्यु

धनगढी, १० जेठ, । कैलालीमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु भएको छ ।

इटा उद्योगमा जडान गरिएको विद्युतीय मोटरको नल्कामा पानी पिउने क्रममा गौरीगंगा नगरपालिका-३ को कुचैनीमा  करेन्ट लाग्दा भारतको लख्खिमपुरका ५५ वर्षीय शिवराज गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएर सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा  मृत्यु भएको हो । गौतम सोही उद्योगमा काम गर्दै आएका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...